रजहरमा महोत्सव हुदैं

देवचुली, माधब सुवेदी

रजहरमा एक दिने खेलकुद महोत्सव हुने भएको छ।साउन २८ गते शनिबार कालिका वाल क्लब देवचुली १६ रजहरको आयोजनामा सो कार्यक्रम हुने भयको हो ।

देवचुली १६ मा रहेका १३ वटा बाल क्लबहरूको सहभागितामा १५ बर्ष मुनिका बालबालिका र बालक्लबहरुको बिचमा विभिन्न खेलहरू हुने भएको हो।

कालिका वाल क्लबका सचिव शिशिर आचार्यले एक दिने खेलकुद महोत्सवको आयोजना गरिएको र महोत्सवमा स्किपिङ , चम्चा दौड , १ सय मिटर दौड , तातो आलु , इट्टा दौड , फुटबल ( पेनाल्टी ) र म्युजिकल चियर लगायतका खेलहरू हुने बताउनुभयो ।

आयोजकका अनुसार खेलमा बिजयी हुने खेलाडीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिने छ। महोत्सव रजहरमा रहेको शिवालय मन्दिर पछाडिको खुला चउरमा हुने भयको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 74 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 13 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *