कोरोना संक्रमण बढेसँगै कर्णाली प्रदेश रोकथामको तयारीमा

  • समाचार
  • २०७९ श्रावण २६, बिहीबार १६:४२

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि रोकथामका लागि सरकारले तयारी थालेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा बिहीबार गठित कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी प्रदेशस्तरीय निर्देशक समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

जसमा कोरोना रोकथामका प्रमुख माध्यम भनेको खोप सेवा भएकाले खोपलाई प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशमा कोरोना संक्रमित शंकास्पद व्यक्तिहरुको संख्या बढ्दै गइरहेको हुँदा आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्न निर्णय गरिएको छ ।

यस्तै, शंकास्पद व्यक्तिलाई प्रयोगशालामा परीक्षण गर्ने, स्थानीय तह तथा जिल्ला कोभिड–१९ संकट प्रतिकार्य व्यवस्थापन समितिलाई जानकारी गराउन सामान्य संक्रमितलाई होम आइसोलेसनमा बस्न र गम्भीर स्वाथ्य अथवा भएका बिरामीलाई उपचारका लागि पायक पर्ने अस्पतालमा जान प्रेरित गर्ने जस्ता कार्य गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो ।

उहाँले जनस्तरमा सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत स्थानीय तह र प्रशासनलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

चाडपर्व सुरु भएकाले मानिसको भीडभाड बढ्न जान सक्ने सम्भावनालाई मध्यनजर राखी सामाजिक विकास मन्त्रालय, सबै पालिकालाई र जिल्ला प्रशासन कार्यालयमार्फत जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालन गर्न गराउनका लागि निरन्तर अनुगमनको व्यवस्थापन गर्नका लागि व्यबस्था मिलाउन पनि आग्रह गरिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *