२७ साउन, काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए। अभिनेता शाहीले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।