तालिवानका शीर्ष धार्मिक नेता मौलानाको आत्मघाती आक्रमणमा परी मृत्यु

काठमाडौं । तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीेकाे बम आमक्रमणमा परी मृत्यु भएकाे छ ।
राजधानी काबुलको एक मदरसामा भएको आत्माघाती विस्फोटमा तालिवानका शीर्ष नेता मौलानाकाे मृत्यु भएकाे हाे । तालिवानका अनुसार आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको विस्फोटक पदार्थ विस्फोट गराउँदा नेता मौलानाकाे मृत्यु भएकाे जनाइएकाे छ ।
विस्फोटको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले लिएको छ । नेता मौलानालाई आइएस र आइएस खरसोनका कट्टर विरोधी मानिन्थ्यो । महिला शिक्षाका समेत पक्षपाति नेता मौलानालाई सामाजिक सञ्जालमा तालिवानको अनुहार भन्ने गरिन्थ्यो ।
यसअघि पनि दुई पटकसम्म उनको हत्या गर्ने प्रयास भएको थियो । तालिवान सैन्य आयोगका सदस्य बनिसकेका उनलाई त्यसबेला अमेरिकी फौजले पक्राउ गरी महिनौ जेलमा राखेका थिए । पेशावरस्थिति नेता मौलानाको मदरसामा तालिवान लडाकुको पढाई हुने गर्दथ्यो ।
गत वर्ष तालिवान सत्तामा फर्केपछि अफगानिस्तानमा भएको यो नै सबै भन्दा ठूलो हत्या हो । नेता मौलानाको निधनले हक्कानी नेटवर्कलाई ठूलो क्षति पुगेको बताइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव