
२८ साउन, काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ ।
इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।
अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए ।
ट्रक नदीमा डुबेकोले नम्बर पनि खुलेको छैन ।