कैलालीमा निर्माण कम्पनीको लापरबाहीका कारण ठूला आयोजनाको प्रगति खस्किंदै
कैलाली । कैलालीमा ठूला पूर्वाधार विकास आयोजनाको प्रगति खस्किँदै गएकोे छ ।
योजना कार्यालय र निर्माण कम्पनीको लापरबाहीका कारण अर्बौ लगानीका पूर्वाधार आयोजनाको भौतिक प्रगति खस्किंदै गएको हो । प्रयाप्त बजेट पाएका ठूला आयोजनाको काममा लापरबाहीले वर्षाैं लाग्दा विकास निर्माणको गति नै रोकिने अवस्था आएको छ ।
कैलालीमा आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्ब १४ करोड ८४ लाख बजेट पाएको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीको वित्तीय प्रगति ९५ करोड ९२ लाख मात्र देखिएको छ । एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋणमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना कार्यालय धनगढीको वित्तीय प्रगति ४५ प्रतिशत मात्र देखिएको छ ।
एक अर्ब ६० करोड बजेट पाएको सहजपुर–बोगटान सडकमा ६५ करोड ९४ लाखको मात्र प्रगति देखिएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण थालिएको उक्त आयोजनाको सम्झौता रकम १ करोड ९६ लाख ९३ हजार डलर छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरिएको मोहनापुल–अत्तरिया सडक योजनाको प्रगति ४ वर्ष बितिसक्दा पनि निराशाजनक छ ।
गत आर्थिक वर्षका लागि २५ करोड बजेट पाएको सडक योजनाको प्रगति १४ करोड १५ लाख रहेकाे छ । त्यस्तै ३५ करोड २९ लाख बजेट पाएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमले ३० करोड ३५ लाख, १४ करोड ६३ लाख बजेट पाएको स्थानीय विकास पूर्वाधार विकास आयोजनाले ७ करोड ४५ लाख तथा ५० करोड ५८ लाख बजेट पाएको हुलाकी सडक योजनाको प्रगति ५० करोड १४ लाख देखिएको छ ।
आयोजना कार्यालय र ठेकेदारको लापरबाहीका कारण जिल्लाभित्र सञ्चालित पूर्वाधार विकास योजनाको प्रगति निराशाजनक हुँदा स्थानीयवासी निराश भएका छन् । मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीले सडक निर्माणलाई पूर्णता दिन भन्दै ५ औँ पटक म्याद थपका लागि सडक विभागमा पत्राचार गरेको छ । कडा प्रावधानसहित अन्तिम पटकका लागि ६ लेन सडकको म्याद थपका लागि पत्राचार गरिएको छ ।
जिल्लाभित्र सयौं साना-ठूला आयोनजाले बजेट नपाएर काम गर्न नपाउने तर प्रयाप्त बजेट पाएका ठूला आयोजनाको काममा लापरबाहीले वर्षाैं लाग्दा विकास निर्माणको गति नै रोकिने अवस्था आएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय