२३ वर्षअघि फर्पिङबाट चोरिएको प्रतिमा सिंगापुरमा भेटियो

काठमाडौं : फर्पिङस्थित गुठियारको घरबाट २३ वर्ष अगाडि चोरी भएको अघेश्वार नील बाराहीको प्रतिमा सिंगापुरको संग्रहालयमा भेटिएको छ।
नेपाल संवत् ७५६ मा कुँदिएको पुरातात्विक महत्वको स्वर्ण तामा प्रतिमा सिंगापुरको प्रतिष्ठित एसियन सिभिलाईजेनशन म्युजियममा राखिएको सम्पदा खोजबिन र पहिचानको अभियान लस्ट आर्टस् अफ नेपालले जानकारी दिएको छ।
काठमाडौं थल्खु टोल फर्पिङमा रहेको सो अघोरेश्वर (नील बाराही)को प्रतिमा २०५६ असार २ गते चोरी भएको थियो। हरि–शंकर जात्राका अवसरमा नीलबाराहीजस्तै ७ वटा विशिष्ट भगवान् प्रतिमालाई फर्पिङभित्र घुमाउने प्रचलन छ। ती ७ मध्ये ४ वटा प्रतिमा चोरी भइसकेकाले अहिले प्रतिलिपी प्रतिमाकामा भरमा जात्रा सञ्चालन हुँदै आएको छ।
हिमालयन आर्ट रिसोर्सेसका अनुसार यो प्रतिमालाई जोन एन्ड मरिना स्टेवार्टको संकलनबाट लिइएको हो। हिमालयन आर्ट रिसोर्सेजले जोन एन्ड मरिना स्टेवार्टले गरेको कला संकलनको दस्तावेजबारे जानकारी दिँदै आएको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको