नेपाल विश्वविधालय स्थापनाका लागि हुप्सेकोट र मध्यविन्दु नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने

बिष्णु गौडेल,नवलपुर : नेपाल विश्वविधालय स्थापनाका लागि हुप्सेकोट गाउपालिका र मध्यविन्दु नगरपालिकाले उपयुक्त ठाउमा जग्गा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल विश्वविधालय पूर्वाधार विकास समितिको उपस्थितिमा हुप्सेकोट गाउपालिका र मध्यविन्दु नगरपालिकाको टोलिले विश्वविधालय स्थापनाका लागि उपयुक्त जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको हो । हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे र मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले नेपाल विश्वविधालय स्थापनाका लागि उपयुक्त जमिन व्यवस्थापन गर्न तयार रहेको सयुक्त रुपमा वताउनु भएको थियो ।

नेपाल विश्वविधालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्की सहितको विज्ञ टोलि संग भएको सयुक्त छलफलमा विश्वविधालय स्थापनाका लागि हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ र मध्यविन्दु नगरपालिका वडा नम्वर ९ को भुभाग सहज हुने वताइएको छ । नेपाल विश्वविधालय स्थापनका लागि उपयुक्त स्थान अध्ययन गर्न लागि परेको टोलिले सातौ पटक यस क्षेत्रको अध्ययन गरि सकेकाले सम्भावना वलियो वनेको डा. अर्जुन कार्कीले वताउनु भयो ।

अन्य क्षेत्रको भन्दा यो क्षेत्रको सम्भावना उच्च वनेकाले आफुहरु विभिन्न चरणको छलफल अध्ययन पछि विज्ञ टोलि सहित स्थलगत अध्ययनमा आएको डा. कार्कीले स्पष्ट पार्नु भयो । नेपाल विश्वविद्यालय स्थापनका लागि आवश्यक समन्वय र सहकार्य गर्न हुप्सेकोट गाउपालिका र मध्यविन्दु नगरपालिकाले लिखित रुपमा नै सहमति जनाएका छन् । कार्यक्रममा वोल्दै पुर्वाधार विद डा. सुर्यराज आचार्यले अन्य विश्वविधालय भन्दा नेपाल विश्व विद्यालय संरचना, स्वरुप, उद्धेश्य, लक्ष्य, पाठ्यक्रम हरेक विषयमा फरक हुने वताउनु भयो । अवको समयले माग गरे अनुसारको विद्यार्थी उत्पान गर्ने लक्ष अनुरुप नेपाल विश्वविद्यालय स्थापना गर्न लागिएको आचार्यले वताउनु भयो । नेपाल विश्वविधालय स्थापनाको लागि यसै साता मन्त्रिपरिषद वाट ऐन पारित हुने जानकारी आएको हुदा वाकि काम लगत्तै सुरु हुने नेपाल विश्वविधालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्कीले वताउनु भयो । पूर्व शिक्षा मन्त्री माधव पौडेलले व्यवस्थापन, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार संगै सामाजप्रति जिम्मेवार, आलोचनात्मक चेतना भएको नागरिक उत्पादन गर्ने उदेश्य सहित अगाडि बढेको बताउनुभयो ।

कार्यक्रकमा बोल्दै प्रा.डा. ज्ञानेन्द्र पौडेलले शिक्षा क्षेत्रमा भएका समस्या समाधान संगै यसको जग बलियो बनाउनुपर्नेमा जोड दिनुयभयो । मुलुकमा अहिलेसम्म भएका विश्वविद्यालय भन्दा अब निमार्ण गर्न खोजिएको विश्वविद्यालयमा केहि नयां र फरकपन छ भन्ने विषयमा नागरिकहरुलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिका सभापति बल बहादुर रानाले विश्वविद्यालय स्थापनाको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । विश्वविद्यालय स्थापनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबै नागरिकहरुलाई फाइदा हुने भन्दै सभापति रानाले राजनीतिक दलको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग सबै गर्ने बताउनुभयो । हुप्सेकोट गाउँपालिका नेकपा एमालेका सचिव मदन बयम्वुले विश्वविद्यालय स्थापनाको लागि नेपालको मध्यभाग मात्रै नभएर प्राकृति स्रोतको अध्ययन अनुसन्धान गर्न मिल्ने क्षेत्र भएको हुदा यहा विश्वविद्यालय स्थापना गर्न उपयुक्त रहने बताउनुभयो

त्यस्तै लोकसेवा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर रायमाझिले समाज रुपान्तरण गर्ने भनेको प्रमुख शिक्षा क्षेत्र नै भएको हुदा विश्वविद्यालय निर्माणको विषयमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविधालय स्थापनाका लागि स्थानिय पालिकाले गर्नु पर्ने सम्पुर्ण सहयोग गर्र्ने हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । छलफल कार्यक्रममा नेपाल विश्वविद्यालय स्थापना समितीका सदस्य, शिक्षाविदहरु, हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना सहित मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।