अफगानिस्तानमा भएको विष्फोटमा कम्तिमा तीन दर्जनको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विष्फोटमा कम्तिमा तीन दर्जन मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।
बुधबार साँझको प्रार्थना भईरहेको बेला विष्फोट भएको र मारिनेमा मस्जिदका इमान समेत रहेको काबुल प्रहरीका प्रमुख खलिद जद्रानले बताएका छन् ।
अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् । इटालियन गैरसरकारी संस्थाले संचालन गरेको एनजीओ इमजेन्सी अस्पतालले आफूकहाँ २७ जना घाइतेहरु ल्याइएकोमा अधिकांशको अवस्था नाजुक रहेको बताएको छ ।
विष्फोटबाट मस्जिद आसपासका घरक झ्यालहरु समेत चर्किएको बताइएको छ ।
गत वर्ष तालिवान सत्तामा आएपछि राजधानी काबुलमा भएको यो नै ठूलो विष्फोट हो । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
गत साता मात्रै अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले अफगानिस्तानका सुधारवादी धार्मिक नेताको हत्या गरेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत