गोर्खा फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज पाल्पामा भगवती रथ यात्रा मनाइँदै

काठमाडौं । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ ।

पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं. १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो ।

सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दुरजात्रा निकाल्ने परम्परा सुरू हुन्छ ।

बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाइन्छ ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि १९७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको बताइन्छ ।

विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन मनाइने यो ऐतिहासिक रथ यात्राले २ सय ३ वर्ष पूरा गरेको छ । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ ।

जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा पुग्ने गर्छन् ।

कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 70 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *