‘चर्चित गित रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक

काठमाडौं : ‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो।
यसअघि सुरज पण्डितको आवाजमा रहेको यो गीतलाई स्मृती शाहीले आवाज दिएकी छिन्। यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो। लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ।
सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश गीतमा छ। ‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतको भिडियोमा देखाउनेगरि हामीले अथक प्रयास गरेर फिमेल भर्सन ल्याएका छौ’ गीतमा अभिनय गरेका चिञ्जिवी सापकोटाले भने,‘यसअघिको मेल भर्सनमा डोल्पासहितका जिल्लावासीले भोग्नु परिरहेको ब्यथा देखाएका थियौँ।
यसपटक गीतको बोलअनुसार नै हुम्लावासीले भोगिरहेको पीडाको एक अंश प्रस्तुत गरेका छौँ।’ गीतको भिडियो निर्माणका लागि एक महिना समय लागेको भिडियो निर्देशक लक्ष्मण सुनारले बताए।
‘अफ्ठ्योरो परिस्थितीका बावजुत पनि हामीले मेल भर्जनमा देखाउन नसकेको त्याँहाको अवस्था देखाउने प्रयास गरेका छौँ।’ सुनारले भने,‘दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौ।’ गीतको मेल भर्सनलाई युट्यूबमा साढे १८ लाख बढी पटक हेरिएको छ।
हिजो (बिहीबार) मात्रै सार्वजनिक भएको फिमेल भर्सन युट्यूबको टेण्डिङमा छ। गीतमा कलाकार चिरिञ्जवी सापकोटा, सरस्वती खत्री लगायत स्थानीय कलाकारहरुको पनि अभिनय छ।

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै