विश्वकप यात्रामा महिला क्रिकेट टिम

  • खेलकुद
  • २०७८ बैशाख २५, शनिबार ०८:३५

काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमको विश्वकप यात्राको पहिलो अभियान सुरु हुने तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी–२० विश्वकप २०२३ को एसिया छनोट अन्तर्गत समूह ‘बी’ को खेल तालिकाको मिति सार्वजानिक गरेसँगै नेपाली महिला टिमको विश्वकप यात्रा तय हुन लागेको हो।

आईसीसीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण एसिया छनोट सेप्टेम्बरबाट सारेर नोभेम्बरका लागि तय गरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार छनोट खेल आगामी २२ देखि २८ नोभेम्बरसम्म मलेसियामा आयोजना हुनेछ।

 

 

यस अघि छनोट खेल २० देखि २६ सेप्टेम्बरसम्म हुने कार्यतालिका रहेको छ। छनोट प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्ने छन्।

छनोट खेलको शिर्ष स्थानमा रहने टिमले अर्को वर्ष आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। यस संस्करणको महिला टी–२० विश्वकप २०२३ मा दक्षिण अफ्रिकामा हुने कार्यतालिका रहेको छ। आठौं संस्करणको विश्वकपमा १० राष्ट्रको सहभागिता रहने छ। प्रतियोगिता फेब्रुअरी ९ देखि २६ सम्म आयोजना हुनेछ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 54 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 59 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *