भारतमा ९ सेकेन्डमै ढले ३२ तले टावर

एजेन्सी । भारतको नयाँ दिल्ली नजिकै आचारसंहिता विपरित निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन(टावर) आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइएको छ ।

निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले गत वर्ष यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार दिउँसो भवन भत्काएको हो । एपेक्स र सियान नाम गरेका ३२–३२ तले यी भवन आधुनिक प्रविधिको बिग ब्लास्टबाट ९ सेकेण्डभित्र भत्काइएको हो ।

टावर भत्काउन भवनहरुभित्र ३ हजार ७ सय किलो विष्फोटक पदार्थ जडान गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरु खटिएका थिए । टावर भत्काउनका लागि आइतबार नोएडाको सेक्टर ९३ क्षेत्रका ७ हजार स्थानीयलाई अन्यत्र सारिएको थियो भने निजी घरहरु खाली गराइएको थियो । ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका ती टावर भत्काउन २० करोड खर्च भएको छ ।

भत्काउन लाग्ने उक्त खर्च पनि निर्माण कम्पनीबाटै असुल्न पनि सर्वोच्च अदालतले आदेश दिएको थियो । यी टावरको अहिलेको बजार भाउ १० अर्ब भारतीय रुपैयाँ पुगेको छ । ११–११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पास बिना नै टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 157 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 45 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *