भारतमा ९ सेकेन्डमै ढले ३२ तले टावर

एजेन्सी । भारतको नयाँ दिल्ली नजिकै आचारसंहिता विपरित निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन(टावर) आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइएको छ ।

निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले गत वर्ष यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार दिउँसो भवन भत्काएको हो । एपेक्स र सियान नाम गरेका ३२–३२ तले यी भवन आधुनिक प्रविधिको बिग ब्लास्टबाट ९ सेकेण्डभित्र भत्काइएको हो ।

टावर भत्काउन भवनहरुभित्र ३ हजार ७ सय किलो विष्फोटक पदार्थ जडान गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरु खटिएका थिए । टावर भत्काउनका लागि आइतबार नोएडाको सेक्टर ९३ क्षेत्रका ७ हजार स्थानीयलाई अन्यत्र सारिएको थियो भने निजी घरहरु खाली गराइएको थियो । ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका ती टावर भत्काउन २० करोड खर्च भएको छ ।

भत्काउन लाग्ने उक्त खर्च पनि निर्माण कम्पनीबाटै असुल्न पनि सर्वोच्च अदालतले आदेश दिएको थियो । यी टावरको अहिलेको बजार भाउ १० अर्ब भारतीय रुपैयाँ पुगेको छ । ११–११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पास बिना नै टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।