काठमाडौं । एशियाकप टि-२० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएकाे हाे । भारतीय बलरसामु जम्न नसकेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाएका छन् ।
बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ४ विकेट लिंदा हार्दिक पाण्ड्याले ३ विकेट हात पारेका हुन् । जावफमा १ सय ४८ रनको सामान्य लक्ष्य भारतले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।
भारतको जितमा अलराउण्डर हार्दिक पाण्ड्याले अविजित ३३ रनको योगदान गर्दा रविन्द्र जडेजा र बिराट कोहलीले समान ३५ रन बनाएका थिए । जितसँगै भारतले एशिया कप क्रिकेटमा पाकिस्तानलाई नबाैं पटक पराजित गर्न सफल भएकाे छ ।