प्रतिनिधि सभाको सिट बाँडफाँट आज टुंग्याउने सत्ता गठबन्धनको तयारी

१५ भदौ, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ ।
गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । कांग्रेसका एक नेताले भने, ‘प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने कुरा आजको बैठकबाट टुंगिने सम्भावना छ ।’
गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ । कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । सोही धारणा अनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने नेपाली कांग्रेसका एक नेताले बताए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर टुंगो लगाउन गत साउन अन्तिम सातासम्मको समय दिइएको थियो । तर कार्यदलले नसकेपछि सो काम पुनः शीर्ष नेताकै जिम्मामा आएको छ ।
Source: Onlinekhabar

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत