इलाममा ब्यवस्थित कबर्ड हलकाे अभाव

इलाम । इलाममा खेलाडीले प्रशिक्षण गर्ने ब्यवस्थित कबर्ड हल नहुँदा समस्या भएको छ ।

जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचना नहुँदा समस्या भएको हो । कर्बड हल अभावकै कारण मार्सल आर्ट सम्बन्धिका ४ खेलहरु (तेक्वान्दो, कराँते, उसु र बक्सिङ) जिल्ला खेलकुद विकास समिति कार्यालयको सानो हलभित्र एकैचोटि खेल्नुपर्ने बाध्यता खेलाडी र खेलाउनुपर्ने बाध्यता प्रशिक्षकलाई छ।

जिल्ला सदरमुकामसहित जिल्लाका १० वटै पालिकामा केही न केही प्रयोजनका लागि करोडौं लगानीका भवनहरु बनेका छन् । तर स्थानीय सरकारले ५ वर्षमा खेलाडीलाई चाहिने आवश्यक पूर्वाधारमा खर्च नगरेको पाइएको छ । खेलाडी र प्रशिक्षकले तीन दशकदेखि सुविधा सम्पन्न कवर्ड हलको माग गरेपनि अहिलेसम्म माग पूरा भएको छैन् ।

क्रिकेट र फुटबल खेलको लागि मैदान अभाव भएकाे छ । भलिबल र बास्केटबल लागि कोर्ट अभाव भएकाे छ । जिल्लाकै एक मात्र ठूलो खेल मैदान समेत जीर्ण बनेको छ । विगतका राष्ट्रिय प्रतियोगितामा विभिन्न खेलका खेलाडीले पदक जितेका छन्।

तर उचित प्रशिक्षणका लागि आवश्यक पूर्वाधार अभावकै कारण पदक जितेका धेरै खेलाडीहरु खेल क्षेत्रबाट पलायन भइसकेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 18 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 15 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *