Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

२० भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ ।
‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्वन्धमा सहभागट्ठ ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको छ,’ नवौँ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिका सचिव खुशराज दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
११ टिमलाई दुई समूहकमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश एक र एपीएफ छन् ।
प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।
एनआरएन र सुदूरपश्चिमबीच भदौ २३ गते टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । त्यही दिन टीयू मैदानमा बागमती र प्रदेश एकबीच खेल हुनेछ । दोस्रो खेल सवा १ बजे सुरु हुनेछ । यस्तै मुलपानी मैदानमा मधेश र गण्डकी तथा लुम्बिनी र कर्णालीबीच पहिलो दिन खेल हुनेछ ।
दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल भदौ ३१ गते हुनेछ ।

शुक्रबार, माघ २०, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

माघ २२, कावासोती : प्रेस चौतारी नेपालको २५

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे