प्रतिनिधिसभाको आयु लम्ब्याउने सरकारको तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । वर्तमान प्रतिनिधिसभाको आयु आगामी चुनावपछि नयाँ संसद बस्ने दिनसम्मै लम्ब्याउने सत्ताधारी दलहरुको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।

सरकारले केही नेपाल ऐन संशोधन विधेयक मार्फत प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दै कार्यकाल गणना सपथ खाएको दिनबाट गर्ने व्यवस्था प्रस्ताव गरेकोप्रति एमालेले आपत्ति जनाएको हो । सरकारले ल्याएको विधेयक जस्ताको तस्तै पारित भए मंसिर ४ गतेको निर्वाचनपछि पनि अहिलेका सांसदहरू पदमा बहाल रहने भएका छन् ।

एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरे लगत्तै तत्कालिन सभाको कार्यकाल समाप्त हुनुपर्ने बताएको छ । एमाले नेताहरुले सांसदको लोगो भिरेर फेरी भोट माग्न जान नमिल्ने बताएका छन् ।

आइतबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव प्रभावित गर्ने गरी सत्ता गठवन्धन विभिन्न शंकास्पद गतिविधिमा लागेको आरोप लगाउनुभयो ।

ज्ञवालीले गठबन्धन विरुद्ध एक्लै चुनाव लड्ने तागत एमालेसँग भएपनि ठाउँ-ठाउँमा आवश्यकता अनुसार तालमेलका लागि ढोका खुला राखेको बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 7 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 59 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *