
काठमाडौं । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरेको छ ।
बाल यौन दुरुपयोगको कसुरमा फैसला गरेका शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो ।
मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बहसपछि उक्त फैसला गर्नुभएको हो ।
गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाह पक्राउ परेका थिए ।