विप्लवका नेता कार्यकर्ताविरुद्धको सबै मुद्दा खारेज गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरेर बताएका छन्।
सरकारको निर्णयको स्वागत गर्दै भनेका छन्, ‘देउवा सरकार तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारूकताका साथ अगाडी बढाउने र मुद्धा खारेजीका सम्वन्धमा मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दा हरूलाई यथाशिघ्र फर्छ्योट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ।’
सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रीपरिषद्ले गरेको उक्त निर्णयले तिन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मक प्रदान गरेको उल्लेख गरेका छन्।
नेकपा र तत्कालिन केपी ओली नेतृत्वको सरकारबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो। तर, सहमति भएको पाँच महिनासम्म चलेको ओली सरकार सहमति कार्यान्वयन नगरेको उल्लेख गरेका छन्।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय