सन्दीपलाई थप समय हिरासत राख्न अनुमति लिने प्रहरीको तयारी

१ कात्तिक, काठमाडौं । प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ ।
अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो ।
दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदैछ । ‘आज (मंगलबार) सरकारी विदा परेको छ, त्यसैले बुधबार अदालत हाजिर गराउँछौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले भने, ‘अनुसन्धान अझै बाँकी भएकाले फेरि म्याद थप गर्न समय माग्छौं ।’
कानूनतः प्रहरीले २४ दिनसम्म लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले यो अवधिमा सरकारी वकिलको उपस्थितिमा लामिछानेको बयान लिएको छ । त्यसमा उनले जाहेरवालासँग घुम्न गएको र सँगै बसेको स्वीकारेका छन् । यद्यपि, जबरजस्ती करणीको अभियोग चाहिँ अस्वीकार गरेका छन् ।
प्रहरी स्रोतका अनुसार लामिछानेले पीडित भनिएकै किशोरीको आग्रहमा आफूहरु घुम्न गएको पनि दाबी गरेका छन् । पीडित किशोरी लामिछानेकी ‘फ्यान’ थिइन् । त्यसैको फाइदा उठाएर उनले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।
जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।
एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किएका थिए । त्यसै दिन प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव