धरहराको बाँकी भागलाई सिसाभित्र नराखिने

१ कात्तिक, काठमाडौं । धरहरा भत्किएपछि बाँकी रहेको भागलाई सिसाभित्र नराखिने भएको छ । यसअघि धरहराको भग्नावशेषलाई सिसाभित्र सुरक्षित राख्ने गरी डिजाइन तयार गरिएको थियो ।
तर, स्थानीयवासीले सिसाभित्र राख्न नहुने माग गरेपछि धरहराको भग्नावशेषलाई खुला रुपमै सुरक्षित ढंगले राख्न लागिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । स्थानीवासीसँग सहमति गरेर धरहरा भाँचिएपछि बाँकी रहेको ठूटोलाई अहिलेकै अवस्थामा राख्न लागिएको हो ।
‘पुरातात्विक संरचना भएकाले सिसाभित्र राख्ने कुरालाई विज्ञहरुले समर्थन गर्नुभएन,’ उनी भन्छन्, ‘बाँकी भागलाई प्रवलीकरण गरेपछि केमिकल राखेर संरक्षण गर्ने योजना बनाएका छौं ।’
११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब ४२ प्रतिशत काम सकिंदाकै अवस्थामा धरहराको उद्घाटन गरेका थिए ।
काम नसकिंदै हतार–हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्याङ नै बनिसकेको थिएन । अहिले पनि प्रविधि जडानसम्बन्धी काम चलिरहेको छ ।
इकाइ प्रमुख कर्णकाअनुसार मुद्रा संग्रहालय निर्माणको काम अझै धेरै बाँकी छ ।
नयाँ धरहरा टावरको टावरमुनि बनिरहेको तीन तले भूमिगत पार्किङ र त्यसमा जोडिने प्रविधि जोड्ने काम सकिएको छैन ।
प्रशासनिक भवन तयार भइसकेको छैन । सुन्धारा पुनर्निर्माण भइसकेको छैन । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ ।
धरहराको नवनिर्मित टावर कहिलेबाट चढ्न पाउने गरी खुला हुन्छ भन्ने यकिन भइसकेको छैन । अरु संरचना नबनेपनि धरहरा चढ्नका लागि खुला गर्नेबारे पनि छलफल भइरहेको इकाइ प्रमुख कर्णले बताए ।
विभागले सकै काम सकेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव