अण्डाको पहेंलो भाग खानै हुन्न ?

कुखुरा पहिले भयो कि अण्डा ? यो प्रश्न जति जेलिएको छ उत्ति नै विरोधाभास छ- ‘अण्डा खानु हुन्छ कि हुँदैन’ भन्ने सवाल पनि ।
पोषणविद् भन्छन्, ‘अण्डा प्रोटिनको राम्रो स्रोत हो । खानपानको सन्तुलन मिलाउन अण्डा सामेल गर्न सकिन्छ ।’ चिकित्सक भन्छन्, ‘अण्डाबाट शरीरमा जुन तत्व प्राप्त हुन्छ, त्यो हानिकारक छैन ।’
मान्छेमा द्विविधा छ, अण्डा खान हुन्छ वा हुँदैन ? त्यो भन्दा बढी द्विविधा त के भने अण्डाको पहेंलो भाग खान हुन्छ वा हुँदैन ?
जसले अण्डाको पहेंलो भाग नखाएकै बेस :
अण्डाको पहेंलो भाग खानै हुन्न भन्ने आमधारणा छ त्यो सही होइन । अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, पहेंलो भागमा फ्याट कोलेस्टेरोल बढी हुने भएकोले उच्च रक्तचाप, कोलेस्टेरोलका बिरामी र मुटुसम्बन्धी बिरामीले भने पहेंलो भाग नखाएको राम्रो हो ।
सामान्य स्वास्थ्य स्थितिमा:
अण्डाको पहेंलो भागमा फ्याट र कोलेस्टेरोल बढी हुने भएकोले त्यसले उच्च रक्तचापको समस्या झन् बढ्छ । स्वास्थ्यमा कुनै पनि प्रकारको समस्या नभएको व्यक्तिले त अण्डाको पहेंलो भाग खाँदा केही हुँदैन ।
यी अवस्थामा खान हुँदैन :
कोलेस्टेरोल, उच्च रक्तचाप, मुटुको समस्या र मिर्गौलाको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु उचित हुँदैन । खाँदै नखाने भन्दा पनि एकदम कम मात्रामा खानु राम्रो हो । यस्ता समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग सेवन गर्दा समस्या थप बढ्न सक्छन् ।
अण्डाको असर:
अण्डा र मासुमा अमिनो एसिड भन्ने प्रोटिन हुन्छ, जुन प्रोटिन शाकाहारी खानामा पाइँदैन । त्यसैले हप्तामा दुई चोटि मासु वा अण्डा खानामा समावेश गर्नु स्वास्थ्यका लागि राम्रो हो । तर यसको धेरै सेवनले कोलेस्टेरोल, युरिक एसिड बढ्ने र प्रोटिनको मात्रा बढी भएर किड्नीलाई असर गर्ने हुनसक्छ । त्यसैले अण्डा खानै नहुने भने होइन, धेरै थोरै कति खाने भन्ने कुरामा चाहिं ध्यान दिनुपर्छ ।
खानै नहुने केही छैन:
शारीरिक रूपमा सक्रिय व्यक्ति र धेरै व्यायाम गर्ने व्यक्तिलाई धेरै प्रोटिनको आवश्यकता पर्छ । त्यसैले पोषणविद् र फिटनेस ट्रेनरले शारीरिक रूपमा सक्रिय व्यक्तिलाई अण्डा खान सुझाउँछन् । अण्डामा खानै नहुने खालको कुनै पनि तत्त्व हुँदैन । तर खान हुन्छ भनेर धेरै मात्रामा सेवन गर्दा भने त्यसले शरीरमा असर गर्छ । दैनिक एउटा अण्डाको सेवनले शरीरमा कुनै प्रकारको असर गर्दैन ।
मुटुरोगमा अण्डा :
मुटुरोगको समस्या भएकाले पनि अण्डा खान मिल्छ । तर अण्डाको सेतो भाग मात्र खानु राम्रो हो । पहेंलो भागमा कोलेस्टेरोल र फ्याटको मात्रा बढी हुने भएकाले पहेंलो भाग भने नखाँदा हुन्छ ।
कोलेस्टेरोलको समस्या भएकाले पनि अण्डाको पहेंलो भाग नखाएर सेतो भाग खाँदा कुनै हानि गर्दैन ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईसँग गरेको कुराकानीमा आधारित)

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको