एमालेका वरिष्ठ नेता खनाल-नेपालसहित २२ सांसदले सामूहिक राजिनामा दिँदै !
काठमाडौं : नेकपा एमाले विभाजनको डिलैमा पुगेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्।
शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर गरेका हुन्।
‘पार्टी एकता जोगाउन अन्तिमसम्म हदैसम्म प्रयत्न गर्ने तर एकताका लागि ढोका बन्द गरेर भोटे ताल्चा लगाइए सामूहिक राजीनामा गर्नेगरी प्रत्यक्ष निर्वाचित २२ सांसदले जनाले शनिवार हस्ताक्षर गरेका छौं’ बैठकपछि सांसद झपट रावलले भने। एकताको ढोका बन्द गरिएको अवस्थामा प्रधानमन्त्री केपी ओलीको हठ र दम्भका कारण कम्युनिष्ट पार्टी विसर्जन र विघटनमा गएको कुरासहित पत्रकार सम्मेलन गरेरै राजीनामालाई सार्बजनिक गर्नेसम्मका विषयमा छलफल भएको उनले जानकारी दिए।
प्रधानमन्त्री ओलीको हठकै कारण विभाजन हुने अवस्थामा पार्टी पुगेको भन्दै अधिकांश सांसदले पूर्व पार्टी प्रमुख र सबैभन्दा सिनियर नेताको हैसियतमा वरिष्ठ नेता नेपाललाई आईतबार दिनभर एकता जोगाउने काममा अग्रसरता लिन सुझावसमेत दिएका छन्।
बैठकमा खनाल–नेपाल समूहका तर्फबाट संस्थापन पक्षका दोस्रो तहका नेताहरूसँग भईरहेको नियमित छलफलबारे नेताहरू घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्टले ब्रिफिङ गरेका थिए । उनीहरूले २ जेठ २०७५ अघिको पार्टी पदाधिकारीसहितको स्थायी कमिटी बैठक बस्ने र कार्यदललाई तत्कालीन कमिटी ब्यूँताउनेगरी कार्यादेश दिने बित्तिकै सकारात्मक दिशाउन्मूख छलफल मिल्नसक्ने तहमा पुगेको ब्रिफिङ गरेका थिए। उनीहरूले शुक्रवार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग छलफल गरेका थिए।
प्रधानमन्त्री ओली समूहका नेताहरू तत्कालीन एमाले स्थायी कमिटीको बैठक बोलाएर २८ फागुनको निर्णयलाई अनुमोदन गराउने तथा बेग्लै कार्यदल बनाएर २ जेठ ०७५ अघिको कमिटी ब्यूँताउने विषयमा सहमत रहेको बैठकमा ब्रिफिङ भएको थियो। तर, आफूहरूले तत्कालीन एमालेको पदाधिकारीसहितको स्थायी कमिटी बैठकबाट २८ फागुनको बैठकको निर्णय अनुमोदन गर्ने तथा कार्यदललाई २ जेठ २०७५ अघिको कमिटीहरू ब्यूँताउनेगरी स्पष्ट कार्यादेश हुनुपर्ने अडान राखेपछि विना निष्कर्ष शुक्रवारको छलफल टुंगिएको जानकारी गराएका थिए। प्रधानमन्त्री ओली समूहका नेताहरूले त्यसबारे प्रधानमन्त्रीसँग सोधेर छलफलमा बस्ने भने पनि संवादका लागि पहल नभएपछि खनाल–नेपाल समूहका नेताहरू अन्तिम रणनीति तय गर्न राती अबेरसम्म छलफलमा जुटेका हुन् ।
पदाधिकारीसहितको स्थायी कमिटी बैठक बसेर महाधिवेशन आयोजक कमिटी बनाउने र त्यसमा पूर्व माओवादी समूहका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ नेतालाई आयोजक कमिटी र केहीलाई स्थायी कमिटीमै पनि मनोनित गरेर अहिलेकै जिम्मेवारी दिन लचक भएको छ। तर, ओली समूहका नेताहरूले भने कार्यदललाई तत्कालीन एमालेको कमिटी ब्यूँताउने विषयमा भने कुनै प्रष्ट धारणा राखेका छैनन्।
समाचार श्रोतः थाहाखवर
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी