विद्यालयमा बम बिस्फोट, ३० बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विद्यालय नजिकै भएको बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

घटनामा परेर दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ । विदाको दिन बिहानै विद्यार्थीहरु भवन बाहिर निस्कने क्रममा सो विस्फोट भएको त्यहाँको सरकारले जनाएको छ ।

मृत्यु हुनेहरु अधिकांश बालिका रहेको समाचारमा जनाइएको छ । सो विस्फोटको घटना तालिवानी आतंककारीले गराएको हुनसक्ने सरकारी आशंका भएपनि कुनै पनि संगठनले जिम्मेवारी लिएका छैनन् ।

अफगान अधिकारीहरुले कारमा मोटार प्रहार गरी विस्फोट गराइएको दावी गरेका छन् ।

पश्चिमी काबुलमा हजारा अल्पसंख्यक समुदायका मानिसहरु बसोबास गर्छन् । गत वर्ष पनि सोही स्थानको प्रसुती अस्पतालमा विस्फोट हुँदा २४ जना सुत्केरी र नवजात शिशुहरुको मृत्यु भएको थियो ।

 

अमेरिकाले आफ्ना सेना फिर्ता लैजाने घोषणा गरेसँगै अफगानिस्तानमा फेरि हिंसात्मक गतिविधिहरु हुन थालेको अनुमान गरिएको छ ।

यता अमेरिकालगायत विभिन्न मुलुकले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बालबालिकाको हत्या गरिएको भन्दै सो घटनाको निन्दा गरेका छन् ।

उनीहरुले राजनीतिक अभिष्ट पूरा गर्न बालबालिकालाई निशानामा पार्नु दुखद भएको टिप्पणी गरेका छन् ।

सन् २०१८ मा पनि आईएस लडाकू समूहले ट्यसन सेन्टरमा आक्रमण गर्दा ७० जना बालबालिकाको मृत्यु भएको थियो ।

आईएस र अफगान सरकारबीच वार्ताको प्रयास जारी रहेका बेला भएको विस्फोटको घटनाले समस्या समाधानका लागि दुवै पक्षलाई दवाव बढेको समाचारमा जनाइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 155 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 44 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *