पर्वतमा एमालेको ‘क्लिन स्वीप’
८ मंसिर, पर्वत । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ जित निकाल्दै नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्य तर्फ एमालेका पदम गिरी, प्रदेशसभा (१) मा भक्त कुँवर र प्रदेशसभा (२) मा मित्रलाल बस्याल विजयी भएका छन् ।
गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । गिरीले जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पराजित गरेका हुन् । गिरीले २९ हजार ८ सय ७२ मत ल्याउँदा जोशीले २७ हजार ६ सय ९ मत ल्याए ।
प्रदेशसभा (२) मा नेकपा एमालेका बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा तिवारीले १२ हजार २ सय १० मत ल्याए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी