हरेक समस्याबाट बचाउने चमत्कारी बिरुवाः धर्मशास्त्रले भगवान विष्णुको रुप मान्छ ।

एजेन्सी । हाम्रो समाजमा हरेकका घर घरमा तुलसीको मठ र बिरुवा हुने गर्दछ । तर के तपाईलाई थाहा छ तमाम गुणले भरिएको तुलसीको बिरुवा कुन दिशामा हुनुपर्दछ ? सहि दिशामा तुलसी रोप्नाले यसले शुभ फल दिन्छ। तर गलत ठाउँमा रोप्नाले दोष पनि लाग्न सक्छ।

वास्तु अनुसार यस दिशामा रोप्नुहोस् तुलसी:

तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ।

समस्या आउनुभन्दा पहिला नै तुलसीले सचेत गराउँछ:

यदि तपाईको घरमा तुलसीको बिरुवा छ भने तपाईका आउने समस्या अगाडि नै तुलसीले सचेत गराउँछ। यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ।

यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ । सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ । उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ।

तुलसीका चमत्कारिक उपाय:

यदि तपाईका सन्तान तपाईले भनेको मान्दैनन् भने तुलसीको बिरुवा पूवी दिशामा रोप्नु पर्दछ । र सोही तुलसीका ३ पात कुनैपनि तरिकाले खुवाएमा चमत्कारिक बदलाप देखिन्छ। जसका कारण तपाईका सन्तान तपाईले भनेको मान्न थाल्दछन्। ध्यान दिनुहोस् मंगलबार र आईतबार भने तुलसीको पात टिप्नु राम्रो हुँदैन।

यदि तपाईकी छोरीको विवाह हुन कठिन भएको छ र तपाई छोरीको विवाहको विषयमा चिन्तित हुनुहुन्छ भने तपाईको समस्या अब समाधान हुनेछ।

विवाहयोग्य छोरीलाई दैनिक रुपमा तुलसीको विरुवामा जल चढाएर ५ पटकमा परिक्रमा गरेमा यो समस्या टाढा हुने गर्दछ । श्रद्धा एवं विश्वासका साथ यो उपाय अपनाउनाले तुलसीको कृपा प्राप्त हुने र शिघ्र विवाह सम्पन हुने विश्वास रहँदै आएको छ।

यदि कारोबारमा मन्दी लागेको छ भने तुलसीको बिरुवा पश्चिम दिशामा राख्नु पर्दछ । सोही तुलसीको बिरुवामा प्रत्येक दिन बिहान गाईको काँचो दुध मिठाई चढाउने गरेमा व्यापार चम्किन थाल्दछ।

यदि घरमा आएपछि सँधैजसो झगडा हुने गर्दछ भने यसबाट बँच्नका लागि आसपासमा तुलसीका गमला राख्नुपर्दछ । जसले तपाईको परिवारमा चमत्कारिक फाईदा मिल्ने गर्दछ।

यदि तपाईको घर कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्नुहोस्। यो उपाय तपाईका लागि रामवाण साबित हुनेछ भने वास्तुदोष पनि हटेर जाने छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १, मंगलवार १६:१७
    • 20 views
    यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

    कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 60 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *