नवलपुर १ मा काँग्रेसका डा. काेईराला निर्वाचित

 
कावासोती । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेद्बार बनेका नेपाली काङ्ग्रेसका शशांक कोइराला  बिजयी भएका छन ।                       
अन्तिम मत परिणाम अनुसार काेइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् । त्यसै गरि नेकपा एमालेका कृष्ण पाैडेलले २५ हजार ४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गाैतमले  २४ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका पौडेललाई  २ हजार २० मतान्तरले पराजित गर्दै प्रतिनिधी सभा निर्वाचन २०७९ मा नवलपुरकाे क्षेत्र नं १ बाट काेइराला बिजयी भएका हुन ।