यी नयाँ अनुहार, जो संसदमा प्रवेश गर्दैछन्

राजनीतिक बागडोर सम्हाल्नेहरुले जनताको मन नजितेपछि पाँच वर्षमा एकपटक पाइने अवसर उपयोग गरेर मतदाताले मतमार्फत नयाँ प्रतिनिधिलाई वारेस बनाएर पठाएका छन् ।
एकातिर पढेलेखेका सन्तानले राजनीति गर्नुहुन्न भन्ने धारणा प्रवल भइरहँदा डाक्टर, ईन्जिनीयर, कानुन व्यवसायी, उद्योगी मात्र हैन, अक्षरको खेती गर्नेहरु समेत सार्वभौम संसदमा खुट्टा टेक्ने भएका छन् ।
चुनावका नतिजा धमाधम सार्वजनिक भइरहँदा विभिन्न पेशाको पृष्ठभूमि भएका उम्मेदवारलाई जनताले मन र मत दिएर पठाएका छन् । अहिलेको चुनावमा हस्तक्षेपकारी भूमिका निर्वाह गरी देशभर उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक रवि लामिछाने पेशाले सञ्चारकर्मी हुनुहुन्छ । घरदेश, परदेश जता रहेपनि झण्डै साढे दुई दशकदेखि उहाँ सञ्चारकर्ममा रहिआउनु भएको थियो । एकाध वर्षदेखि मुलुकको परिस्थितिमा सुधार ल्याउने उद्देश्यले सञ्चारकर्म छोडेर लामिछाने नयाँ दलसहित राजनीतिमा उदाउनु भएको हो ।
काँग्रेसका पुराना नेता वीरेन्द्रभक्त श्रेष्ठका छोरा विराजभक्त श्रेष्ठ पेशाले इन्जिनियर हुनुहुन्छ । तर पारिवारिक विरासत सम्हालेर हैन, युवापुस्ताको अन्तरमनको आवाज सुनेर घण्टी चुनाव चिन्हमार्फत उहाँले काठमाडौंका मतदाताको मन जित्नुभयो ।
सामाजिक अभियन्ता बनेर खासगरी सुशासनको आवाज उठाउँदै आएका युवा ज्ञानबहादुर शाहीलाई अन्तत : जुम्लाका जनताले कर्णालीको आवाज उठाउने जिम्मेवारी दिएर राष्ट्रिय प्रजनतन्त्र पार्टीका तर्फबाट संघीय संसदमा पठाए ।
आखिर काँंग्रेसको पहिलो खाता खोल्ने सुयोग यिनै युवालाई जुर्यो । राजनीतिमा कपाल पकाएकाहरु मतदाताको मतबाट बढारिँदा केही अपवाद दृश्य देखिएका छन् ।
ज्यान मुद्दामा आजीवन जेल सजाय भोगिरहेका रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ, भाइ गंगाराम चौधरी र बाबु लालवीर चौधरीका लागि सांसद पद सुनिश्चित भयो ।
प्रतिशोधको आगो अझै ननिभेको रुपमा यो परिणामलाई विश्लेषण गर्ने गरिएको छ । यस्तै अमेरिकाबाट दीक्षित भएर आएका डा. सिके राउतको पनि संसदमा परीक्षण हुनेछ ।
नयाँ अनुहारका लागि संसद जीतको नभएर कर्तव्यको गन्तव्य हो । नीति निर्माण तहमा पुगेका यी जनप्रतिनिधिलाई अब पछाडि फर्कने सुविधा छैन । न त अरुलाई दोष दिएर धारे हात लगाउने । जनताको मतमार्फत प्राप्त मनका आवाज सार्वभौम संसदमा प्रतिध्वनित गराउने जिम्मेवारीबाट उनीहरुको अग्निपरीक्षा शुरु हुनेछ ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको