अर्जुनचौपारी गाउपालीकाले कोविढ १९ का लक्षण देखिएकाहरुको स्वाव संकलन तथा रोग प्रतिरोधात्मक औषधी वितरण गर्दै ।।

कुमार सुनुवार,वैशाख,२६।। स्याङ्जा अर्जुन चौपारी गाउँपालिकाले गाउँ पालिका भित्र रहेका गाउँपालिका वासी कोविढ १९ को संक्रमणको शंका लागेका व्यक्तिहरुको पिसिआर परिक्षणको शुरुवात गर्ने भएको छ । यहि वैशाख २७ गतेदेखि २९ गते सम्म गाउँपालिका भित्रका सबै वडा र सबै स्वास्थ्य चौकिमा स्वाव संकलन गरि पिसिआर परिक्षण तथा रोग प्रतिरोधात्मक औषधी वितरण गरिने जनाइएको छ ।
जस अनुसार बैशाख २७ गते अस्थाइ कोभीढ अस्पताल अर्जुन चौपारी बजार पुलको मुख क्याम्पस अगाडि स्वाव संकलन गरिने छ भने बैशाख २८ गते रापाकोट उपस्वास्थ्य चौकी र आरुचौर स्वास्थ्य चौकीमा स्वाव संकलन हुनेछ ।
त्यस्तै बैशाख २९ गते दरौ स्वास्थ्य चौकीमा स्वाव संकलन गरि पिसिआर परिक्षण,  रोग प्रतिरोधात्मक औषधी वितरण गरिने अर्जुनचौपारी गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिनुभयो । कोविढ १९ को संक्रमणको लक्षण देखीयमा सुरक्षित भै सरकारले तोकेका स्वास्थ्यका सम्पुर्ण मापदण्ड पूरा गरि आफ्नो पाएक पर्ने स्वास्थ्य चौकीमा उपस्थित भइ स्वाव संकलनमा सरिक हुन गाउँपालिकाले सम्पुर्णमा अनुरोध गरेको छ ।