
२८ मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको छ ।
आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा हुनेछ ।
राप्ती गाउँपालिकाले राजधानी स्थानान्तरणको स्वागत गर्न भन्दै राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मूल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर तयारी गरेको थियो । जस अन्तरगत सरसफाई, स्वागत गेट निर्माण, प्रचारप्रसार, राजमार्ग छेउछाउका प्रतिक्षालय तथा सार्वजनिक स्थल रंगरोगन लगायतका काम पूरा भएको राप्ती गाउँपालिका अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक प्रकाश विष्टले जानकारी दिए ।