
काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार २८ औँ स्थापना दिवस मनाउँदैछ।
काठमाडौं महानगरपालिकाले स्थापना दिवसको अवसरमा गरिरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बसन्तपुर डबलीमा विशेष कार्यक्रमको आयोजना गरेको छ। बिहान ११ बजे सुरु हुने कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई आमन्त्रण गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
यस्तै प्रतियोगितात्मक चित्रकला र तस्विर प्रदर्शनी, महिला उद्यमशीलतालाई प्रवर्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्धन गर्न खाना मेलालगायत कार्यक्रम गरिँदैछ । दिवसका अवसरमा महानगरले आज मातहतका सबै कार्यालयमा बिदा दिएको छ। २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई महानगर घोषणा गरिएको थियो।