रेखदेख नहुँदा तीन वर्षदेखि लिफ्ट सिँचाइ बन्द

  • समाचार
  • २०७९ मंसिर २९, बिहीबार ०९:४०

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको छ ।

निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको हो ।

बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको हो ।

नगरपालिकाको वडा नम्बर ८ र ९ का करिब ५ सय विगाहा खेतीयोग्य जमिनलाई सिँचाइ गर्न पुग्ने योजनामा क्षति हुँदा कृषकहरु महँगो इन्धन खर्च गरी पम्पसेटबाट सिँचाई गर्न बाध्य छन् ।

करोडौँको लागतमा लिफ्ट सिँचाइ योजना निर्माण हुँदा पनि जिम्मेवार निकायले अपनत्व नलिँदा कृषकहरुले सास्ती खानु परेको स्थानीयको गुनासो छ । दैनिक एक हजारको डिजल खरिद गरेर सिँचाई गर्नु परेको उनीहरु बताउँछन् ।

रेखदेख नहुँदा केही उपकरणमा क्षति पुगेको लिफ्ट सिँचाइ योजनाको अवलोकन गर्न पुग्नु भएका लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले बताउनुभयो । उहाँले लिफ्ट सिंचाई योजनामा मर्मत गरी पुनः सुचारु गर्न सकिने भएकाले सञ्चालनका लागि पहल गर्नेमा जोड दिने स्पष्ट पार्नु भयो ।

लिफ्ट सिँचाइ योजना २०७३ सालमा निर्माण सम्पन्न भएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *