यो सरकार नेपालीले बलजफ्ती बनाएको हो : ओली

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको बताएका छन् ।

शनिबार एमालेका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले यो सरकारलाई उपयुक्त ढंगले गाइड गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका हुन् ।

 
यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढंगले गाइड गर्न चाहन्छौं । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं’ ओलीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुृसमा विश्वासको मत लिँदैछन् । त्यस दिन सबै सांसद समयमै हाजिर भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि ओलीले निर्देशन दिए ।

‘पर्सि २६ गते प्रतिनिधिसभाका सदस्य साथीहरु प्रतिनिधिसभामा समयमा हाजिर हुने र मतदान गर्ने प्रतिनिधिसभामा प्रधानमन्त्री माथि विश्वास छ भन्ने कुरालाई बहुमतले पुष्टि गर्नु पर्दछ । यस काममा हामी केन्द्रित छौं ।’
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 16 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 24 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *