प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट प्रयोगमा आउन सकेन ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा दुई हप्ताअघि अक्सिजन प्लान्ट ल्याए पनि प्रयोगमा आएको छैन। कोरोनाका बिरामी आएर अस्पतालमा समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा राखिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले बताए।
दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनियर नहुँदा त्यसै राखिएको छ। ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्ट खरिदको गरेको थियो।
बायोमेडिक इन्जिनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए। शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनियर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ।
हाल कार्यालयमा राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत् अक्सिजन दिन सकिने डा मेलिना हमालले जानकारी दिइन्।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै