भोलि शोक बिदा दिने सरकारको निर्णय
काठमाडौं : बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले भोलि शोक बिदा दिने निर्णय गरेको छ।
आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
‘आज पोखरामा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। भोलि माघ २ गते शोकपूर्ण घटनामा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ’‚ उनले भने।
आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको थियो। हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको बताइएको छ।
आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो। काठमाडौंबाट १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन।
यसैगरी मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण छानबिन गर्न पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै