
काठमाडौं : गण्डकी प्रदेशमा एक वर्षको अवधिमा दुईवटा जहाज दुर्घटना भएका छन्। आइतबार बिहान काठमाडौंबाट १०:२५ मा उडेको यति एयरलाइन्सको विमान पोखरामा ११:१० मा दुर्घटना भएको हो। यो विमानमा या ६८ यात्रु सवार थिए।
यसअघि जेठ १५ गते पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयर (9NAET) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको थियो।
विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको थियो। १५ गते आइतबार बिहान ९ : ५५ बजे पोखराबाट मुस्ताङका लागि जहाज उडेको थियो। उक्त विमानमा सवार सबैको मृत्यु भएको थियो।
उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए।