Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
तीव्र उतारचढावबीच नेप्सेमा ९.०१ अंकको गिरावट, कारोबार रकम ५ अर्ब नजिक

४ माघ, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । लगातार बढ्दो अवस्थामा रहेको बजार परिसूचक गत साता बुधबार र बिहीबार दुई दिन घटेको थियो । तर, आइतबार र सोमबारको बिदापछि खुलेको नेप्से मंगलबार ३२.७२ अंकले बढेको थियो । बुधबार पुनः नेप्से ९.०१ अंकले गिरावट हुँदा २१७३.१० अंकमा बन्द भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार भने बढेको हो । बुधबार नेप्सेमा बजार बढ्ने र घट्नसक्ने अनुमानमा नाफा बुक गर्नेको प्रतिस्पर्धा चल्दा तीव्र उतारचढाव देखिएपनि अन्तिममा नेप्से घटेर बन्द भएको हो । जसले कारोबार रकम पनि ५ अर्ब नजिक पुर्याएको छ । बुधबार १ करोड ३३ लाख ४ हजार १४० कित्ता सूचिकृत धितोपत्र कारोबार हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १५ हजारको कारोबार भएको छ ।
४० प्रतिशत बोनस सेयर पछि ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको रिडी हाइड्रोपावर कम्पनीको सेयर कारोबारमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ३५ करोड ७८ लाख ५५ हजारको कारोबार हुँदा ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको अपी पावरको १९ करोड ७६ लाख २१ हजार र नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख ८१ हजारको कारोबार भएको छ । बुधबार नेप्सेमा धेरै सेयर कारोबार हुने १० ककम्पनी मध्ये ८ वटा हाइड्रोपावर कम्पनी नै रहेका छन् ।
हाइड्रोपावर कम्पनीको उच्च सेयर कारोबरा मात्रै नभएर सेयर मूल्य बढ्नेमा पनि अगाडि छन् । बुधबार पिपुल्स हाइड्रोपावर, बलेफी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रिन भेञ्चर्स लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेशनल हाइड्रोपावरको सेयरमूल्य पनि ९.०६ प्रतिशतले बढेको छ ।
यता साल्ट ट्रेडिङ कम्पनीको सेयरमूल्य सर्वाधिक ७.८९ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावर कम्पनीको ६.९२ प्रतिशतले गिरावट भएको छ । यस्तै मिथिला लघुवित्तको सेयरमूल्य ६.०५ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर