Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
कपाल झर्ने समस्याको कारक इनर्जी ड्रिक्स : अध्ययन

एजेन्सी । विभिन्न खाले नरम पेय पदार्थ आधुनिक जीवन शैलीका अभिन्न अङ्ग जस्तै बनेका छन् । तर, तिनै पेय पदार्थहरुले मानिसको सुन्दरता खोस्छन् भन्ने थाहा पाउनु चाहिँ दिक्दारीको विषय हुनसक्छ ।
चीनको सिन्ह्वा विश्वविद्यालयको एक अध्ययनले नरम पेय पदार्थहरुको अधिक सेवन कपाल झर्ने समस्याको मूल कारण भएको देखाएको छ । त्यसमा पनि थकान मेट्न पिउने इनर्जी ड्रिंक्स सबैभन्दा जिम्मेवार रहेको विश्वविद्यालयको अध्ययनको निचोड छ ।
यत्ति मात्रै होइन गुलियो चिया र कफीको अधिक सेवनले पनि कपाल झर्ने समस्या बढाउने अध्ययनको दाबी छ ।
चार महिना लगाएर गरिएको अध्ययनमा समावेश गरिएका एक हजार मानिसहरुले सातामा १२ पटक भन्दा बढी चिनीयुक्त पेय पदार्थ सेवन गर्ने गरेको बताएका थिए ।
फास्टफूड बढी खाने र हरियो तरकारी कम खानेहरुमा पनि कपाल झर्ने सम्भावना बढी देखिएको अध्ययन रिपोर्टमा उल्लेख छ ।
त्यस्तै चिन्ता र पोषण तत्वको कमीले पनि कपाल झर्ने समस्या आउने देखिएको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

माघ २२, कावासोती : प्रेस चौतारी नेपालको २५

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे