Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
चिसोले खुम्बु क्षेत्रमा पानी जम्न थाल्यो

८ माघ, सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ ।
चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए ।
अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ ।
यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श्रेष्ठको भनाइ छ । चिसो बढेसँगै सो क्षेत्रको तापक्रमसमेत घटेर माइनस १० डिग्रीसेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर