
काठमाडाैं । धरान उपमहानगरले आइतबार अवैध संरचनामाथि डोजर चलाएकाे छ । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घरमाथि उपमहानगरले डोजर चलाएकाे हाे ।
त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्।