‘ओली अवैध अध्यक्ष हुन्, ह्वीप लगाउने अधिकार छैन : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओेलीलाई अवैध अध्यक्षको संज्ञा दिएका छन्।
आफू पक्षको सांसदहरूसँगको छलफलपछि उनले भने, ‘एमालेको नवौँ अधिवेशनको पदाधिकारी भंग गरेर उहाँ अवैध अध्यक्ष भइसक्नुभयो। उहाँले हामीलाई निर्देशन राख्ने अधिकार राख्नहुन्न। निर्देशन हामीलाई लागू हुँदैन।’
नवौँ महाधिवेशनको रक्षाका लागि ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको समेत उनले बताए।
उनले भने, ‘हिजो माधवकुमार नेपालले पार्टीगत रुपमा विश्वासतको मत दिनुपर्ने हो भने भने एकलौटी निर्णय फिर्ता हुनुपर्छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्षको तर्फबाट पत्र पठाउनुभएको थियो। तर, उहाँले एकता चाहनुभएको देखिएन।’
ओलीले अहंकारयुक्त पत्रले पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पारेको सुनाए। ओली राजनीतिक अस्थिरताको पक्षमा लागेको आरोपसमेत लगाए।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै