Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैनौं, बैंकको ब्याजदर घट्दै गएको छ : अर्थमन्त्री

९ माघ, काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि आफूहरु लागेको बताए ।
राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको क्षेत्राधिकारमा सकारले कुनै पनि हस्तक्षेप नगर्ने उनले बताए । ‘ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फीतिलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो,’ उनले भने, ‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन ।
‘आकारमा सानो तर योगदानमा ठूलो भएको लघु, घरेलु तथा साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रबर्द्धन गर्नसक्छौ । यो क्षेत्रका समस्या कसरी सम्बोधन गर्नसक्छौं र सबैभन्दा सार्थक उपाय हामी खोज्छौ,’ उनले भने, ‘सरकार कुनैपनि क्षेत्रको नीति निर्माणका सन्दर्भमा कुनैपनि क्षेत्रका निर्णयका सन्दर्भमा सरकारले वा नीति निर्माताहरुले, निर्णय कर्ताहरुले निर्णय गर्ने र नीति अघि सार्ने र त्योसोचबाट बाहिर आउन चाहन्छौं । हामी कुनैपनि नीतिगत निर्णयमा पुग्नुभन्दा अघि सम्बन्धित समुदायसँग बसेर छलफल गर्ने सुझाव सुन्ने र त्यही सुझावको आधारमा सही निष्कर्षमा पुग्ने, तथा निर्णयको कार्यान्वयन होस् भन्ने चाहन्छौँ ।’
साना उद्योगका समस्याहरुलाई बुझ्नका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए । नीतिगत अस्पष्टता छन् भनेर निजी क्षेत्रले भन्छ भने आफूले त्यसको प्रतिवाद नगर्ने उनले बताए । निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम सुरु भइसकेको उनले बताए । उनले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको गुनासोलाई अब सरकारले सम्बोधन गर्ने बताए ।
‘कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासो गर्नुभएको छ, कहाँ कसले कस्तो प्रकृतिको गल्ती गरेको छ, त्यसका बारेमा अर्थ मन्त्रालयको नेतृत्वलाई जानकारी दिनुहोस्,’ उनले भने, ‘राज्यका कुनैपनि निकाय, कर्मचारीले कोही पनि नागरिकलाई हैरान गर्ने काम गर्नुहुँदैन । दुःख दिने अधिकार कसैलाई छैन । कसैले दुःख दिइरहेको छ भने जानकारी पाउँ, कारबाहीको दायरामा ल्याउँछौं ।’ निजी क्षेत्रले सरकारसँग र सरकारले निजी क्षेत्रसँग गरेका अपेक्षाहरुलाई सघाउने सन्दर्भमा वर्तमान सरकार सकारात्मक रहेको उनले बताए ।
अर्थमन्त्री पौडेलले यसअघि आफू अर्थमन्त्री बनेको बेलामा निजी क्षेत्रको समस्या समाधानका लागि स्टार्टअप कार्य योजना ल्याएपनि आफू हटेको लामो समयसम्म पनि कार्यविधि नबन्नु दुःखद् भएको बताए । उनले अब चाँडै नै स्टार्टअप कार्यविधिलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर