
काठमाडौँ । ‘अनर एक्स सेभेन ए’ स्मार्टफाेन नेपाली बजारमा भित्रिएकाे छ । सस्तो र टिकाउ फोनको रूपमा अघि सारिएकाे याे फोनमा ६.७४ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ ।
मिडियाटेक एमटी६७६५ एज हेलियाे जी३७ (Mediatek MT6765H Helio G37) चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड १२ र म्याजिक यूआई ६.१ मा आधारित छ ।
साथै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएकाे छ । कम्पनीका अनुसार फोनमा ३० एफपीएसको १०८० पिक्सेलको भिडिओ रेकर्ड गर्न सकिन्छ ।
त्यस्तै फाेनकाे मुख्य विशेषताका रूपमा ६००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि २२.५ वाटको वायर्ड चार्जर र ५ वाटकाे रिभर्स वायर्ड चार्जर दिइएकाे छ ।
नेपाली बजारमा यसको मूल्य २२ हजार ९९० रुपैयाँ तोकिएको छ ।