Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
के डीएसएलआर र मोबाइलको क्यामेरामा हुने मेगापिक्सेल एउटै हो ?

फोटोग्राफी गर्न मेगापिक्सेल नै महत्त्वपूर्ण होइन । तर हामी भने धेरै मेगापिक्सेल र नयाँ-नयाँ फोनको पछि लाग्छौं । यसको सट्टा हामी आफ्नो सीप विकास गर्नतिर लाग्नुपर्छ । किनकी फोटोग्राफी गर्न मेगापिक्सेलले खासै फरक पार्दैन ।
साधारणतयाः फोटोग्राफी गर्न २४ मेगापिक्सेल भएको क्यामेरा पर्याप्त हुन्छ । नेपालमा ठूलठूला आकारमा खासै फाेटाे प्रिन्ट हुँदैन । हामीले फोटोहरु बढी प्रिन्ट गर्ने भनेको पत्रपत्रिकाका लागि हो । त्यसमा १०/१२ मेगापिक्सेलको क्यामेरा भए उत्कृष्ट फोटो प्रिन्ट गर्न सकिन्छ ।
त्यस्तै कतिपय व्यक्ति प्रोफेसनल क्यामेरा र मोबाइलको क्यामेरामा हुने मेगापिक्सेलमा झुक्किरहेका हुन्छन् । तर यी दुईमा केही भिन्नता हुँदैन ।
उदाहरणका लागि सामसङ ग्यालेक्सी एस२२ अल्ट्रामा १०८ मेगापिक्सेलकाे क्यामेरा छ । यस फोनबाट साधारण डीएसएलआरले भन्दा ठूलो आकारमा प्रिन्ट गर्न सकिने फोटो खिच्न सकिन्छ ।
मेगापिक्सेल भनेको एउटा निश्चित आकारको नाम मात्रै हो । कति पिक्सेल प्रिन्ट गर्दा कत्रो हुन्छ भन्ने मात्र हो । तर क्रियटिभ (सिर्जनात्मक) काम गर्नका लागि भने फाेनमा कन्ट्राेल गर्ने धेरै फिचर हुँदैन । फोनको क्यामेराको काम भनेको ‘पोइन्ट एन्ड शुट’ जस्तो मात्र हुन्छ ।
खासमा ‘अटोमेसन’का कारण मात्र प्रोफेसनल क्यामेरा र मोबाइलमा भिन्नता छ । जस्तो: फोनमा खिच्न साथ नतिजा तुरुन्त प्राप्त हुन्छ । तर क्यामेरामा ‘रअ’मा खिचेर पोष्ट प्रोसेसिङ गर्नुपर्ने हुन्छ । फोनमा भन्दा क्यामेरामा धेरै कुरा म्यानुअली नियन्त्रण गर्न सकिन्छ ।
फोनबाट नै खिचेका कतिपय फोटो धेरै राम्रा देखिन्छन् । किनकी फोनबाट खिच्ने फोटोको गुणस्तर धेरै कुरामा आधारित हुनेगर्छ । हामीले फोनबाट खिच्ने धेरैजसो फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्छौं । त्यहाँ हामीलाई आवश्यक पर्ने १०८० पिक्सेल मात्र हो ।
मेगापिक्सेल त त्यहाँ आवश्यक नै छैन । खासमा फोटोलाई ठूलो आकारमा प्रिन्ट गर्नुपरे मात्र धेरै मेगापिक्सेलको आवश्यकता पर्छ । यसकारण हामी मेगापिक्सेल र नयाँ-नयाँ फोनको पछाडि लाग्नु आवश्यक छैन ।
(फेसन फोटोग्राफर गौतम धिमालसँगको कुराकानीमा आधारित )

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

माघ २२, कावासोती : प्रेस चौतारी नेपालको २५

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे