Notice: Undefined variable: postID in /home/ghargha2/nsancharonline.com/wp-content/themes/portal_a1soft/single.php on line 7
पोखरा पुग्यो वाई-फाई नेपाल, ३३३ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट चलाउन सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालको सेवा पोखरमा पनि विस्तार भएको छ । गत जेठमा नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ सञ्चालनमा आएको कम्पनीले आइतबारदेखि पोखरामा पनि सेवा विस्तार गरेको हो ।
पोखरा आसपासका ग्राहकले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्नसक्ने वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियारले जानकारी दिए ।
उनका अनुसार मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक पाँच सय रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ ।
५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तीन महिने प्याकेजका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।
छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन । यसरी तीन महिनाका लागि वाई-फाई नेपालकाे ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्नेछ ।
अर्कोतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुन्छ ।
सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन । यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।
इन्टरनेट जडान गर्न कम्पनीको फेसबुक पेज वा वेबसाइटमा गएर बुक गर्न सकिन्छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री

काठमाडौं : तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई

नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता

काठमाडाैं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर