
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले शिक्षामा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिने बताउनुभएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको भन्दै आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त हुनुले जिम्मेवारी र चुनौति थपिएको उहाँको भनाइ छ । कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्बोधन गरेका थिए ।