ब्रोकाउली खानुका यस्ता छन् १० फाइदा, यस्ता दिर्घालु रोगलाइ पार्छ निको एकचोटी अबस्य पढ्नुहोला

हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो ब्रोकाउली । ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ । प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु पाइने ब्रोकाउलीको तरकारी नियमित खाएमा मुटुसँग सम्बन्धित रोग न्युनिकरण हुन्छ । त्यस्तै क्यान्सरबाट हुने खतरा पनि कम हुन्छ । ब्रोकाउलीको तरकारी नभए सलाद र सूप पनि बनाएर खान सकिन्छ ।

हेर्नुहोस् यस्ता छन् ब्रोकाउलीका १० फाइदा:-

१. क्यान्सर रोकथामका लागि प्रभावकारी: ब्रोकाउलीमा शक्तिशाली एन्टिअक्सीडन्ट र एन्टी कार्सिनोजेन तत्व पाइने भएकाले स्तन, ग्रीवा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्‍याउँदछ।

२. प्रोटिनको राम्रो श्रोत: आधा क्यालोरीको साथ एक कप ब्रोकाउलीमा एक कप मकै वा चामल बराबरको प्रोटिन पाइन्छ। ३. प्रतिरक्षा स्वास्थ्य बढावा: एक कप ब्रोकलीमा बिटा क्यारोटीन, जिंक र सेलेनियमको ठूलो मात्रा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन सहयोग गर्दछ।

४. मधुमेहसँग लड्न मद्दत गर्ने: उच्च फाइबर र कम सुगर भएका कारण, इन्सुलीनलाई न्यूनतम मद्दत गर्दछ। ५. मुटु रोगीका लागि लाभदायक: ब्रोकाउलीमा पाइने क्यारोटीनोइड ल्युटिन, बी सिक्स, फोलेट र कम सुगरको मात्राले इन्सुलिनलाई नियन्त्रणमा राखी मुटु रोगको जोखिमबाट बच्न सकिन्छ।

६. हड्डीलाई स्वस्थ राख्न मद्दत गर्ने: ब्रोकाउलीमा थुप्रै दुग्ध उत्पादनहरू भन्दा बढी क्याल्सियम र भिटामिन के पाइने भएका कारण यसले हड्डी स्वास्थ्य राख्न मद्दत गर्दछ। ७. रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्ने: यसमा पाइने पोटासियम, म्याग्नेशियम र क्याल्सियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

८. रुगा खोकीबाट बचाउने: ब्रोकाउलीमा पाइने भिटामिन सी जसमा एन्टीअक्सीडेन्ट र एन्टी इन्फ्लामेटरी गुण पाइने गर्छ। जसले रुगा खोकीबाट बचाउने गर्दछ।

९. यौ’न उर्जालाई बढाउने: शरीरको उच्चतम तौललाई घटाउनुका साथै यौन उर्जालाई पनि बढाउन मद्दत गर्दछ।

१०. भ्रुणका लागि फाइदाजनक: एक कपको ब्रोकाउलीमा ९४ एमसीजी फोलिक एसिड हुन्छ, जुन बी भिटामिनको श्रोत हो र जसले भ्रुणको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

एजेन्सीको सहयोगमा

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक १४, बुधबार २०:३७
    • 82 views
    युट्युब च्यानल चलाउनुहुन्छ ? च्यानल हिट गराउन यी ८ टिप्सहरू प्रभावकारी हुन सक्छन हेर्नुहाेस ।

    आपसमा सञ्चार गर्नमात्र नभई सबै खालका सूचना तथा समाचार प्रवाह र मनोरञ्जनका लागि समेत सोसल मिडिया प्लाटफर्म अहिलेको सर्बाधिक लोकप्रिय माध्यम बनेको छ । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युब मनोरञ्जक, सूचनामूलक…

    विस्तृत.....

    • २०८१ आश्विन १७, बिहीबार ०९:१५
    • 109 views
    चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

    एउटा प्रचलित कथा यस्तो छ । एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *