
राजेश सुनाम, २६ माघ ०७९, कावासोतीः पुर्वी नवलपरासीमा होमस्टे सन्चालन गरेर आयआर्जन गरिरहेका होमस्टे संचालकहरुलाइ पर्यटक भित्र्याउन निकै सास्ती भएको गुनासो गरेका छन ।
समयमै बाटो नबन्दा आवत जावतमा कठिनाइ भएको र पर्यटकहरु हिडन आउन समेत गाह्रो मानिरहेको उनिहरुको बुझाइ छ । पहाडी भेग तिर पनि बाटोको उस्तै समस्या छ । जताततै पहाड फोर्ने र बाटो बनाउने तर समयमै काम पुरा नगर्ने समस्याका कारण ब्यवसायीहरु मर्कामा परेको अमलटारीमा होमस्टे सन्चालन गर्दै आइरहेका जितनारायण थनेतले वताए ।
ब्यवसायिक रुपमा संचालन मा आएका पहाडी इलाकाका होमस्टेहरुको पनि उस्तै गुनासो छ । कृषि प्रधान देश नेपाल भनियतापनी जनताहरु अझै कृषि व्यवसायमा आत्मनिर्भर हुन सकेका छैनन । सुन्तला,पिडालु,अदुवा,खुर्शानी,कोदो लगायत उत्पादन भएका बस्तुहरुले राम्रो बजार भाउ नपाउदा कृषकहरु मर्कामा परेको अनुमान लगाउन सकिन्छ ।
तराइ क्षेत्रमा गैडा हेर्न आउने पर्यटकको लागि गैडा नदेखिनु समस्याको बिषय बनेको छ । समय समयमा गैडा मरेको समाचारले पनि पर्यटन व्यवसायमा मार थपेको छ । पर्यटक भित्र्याउने उद्देश्यले संचालनमा आएका यि र यस्ता ब्यवसायीहरु अहिले मकार्मा छन ।
होमस्टेहरुमा मगर ,थारु ,गुरुङ जाति लगायत बिभिन्न जातजातिको आआफ्नै भेषभूषा र कला संस्कृति देख्न पाइन्छ । यहि हेर्न र रमाउनको लागि आन्तरति तथा वाह््य पर्यटकहरु आउने गरेको अर्का होमस्टे संचालक सन्जु महतोले बताइन ।
होमस्टेको जसरी देश बिदेशमा प्रचारप्रसार भएको छ त्यसअनुरुप पर्यटक नआएको उनिहरुको भनाइ छ । के नमिलेको हो हामिले बुझ्न सकिरहेका छैनौ । मिहेनत गरे अनुसार प्रतिफल नपाएको होमस्टे संचालक दिपक गुरुङले बताए ।
होमस्टेमा प्राय आफ्नै मौलिक र अर्गानिक खानेकुराहरु पाइन्छ , यहि भएर आन्तरीक पर्यटकको घुइचो लाग्ने गथ्र्याे तर यो समयमा भने नत वाह्य नत आन्तरीक कुनैखाले पर्यटकको आगमन भएको देखिदैन जस्कारण होमस्टे संचालक समस्यामा छन ।
राम्रो सम्भावना बोकेका यस्ता पर्यटकिय क्षेत्र तथा पर्यटन व्यवसायलाइ संरक्षण र सम्वद्र्धनमा सम्वन्धीत निकायहरुले वेलैमा ध्यान पुर्याउनु आवस्यक देखिन्छ ।